ताजा समाचार

इटालियन ठेकदार कम्पनी सिएमसीबाट नेपाल इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको करिब ३ अर्ब धरौटी फिर्ता ल्याउन सफल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले इटालियन ठेकदार कम्पनी सीएमसीको धरौटी फिर्ता ल्याउन सफल भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले आर्थिक न्यूजडटकमसँग कुराकानीको क्रममा सिएमसीमा काउण्टर ग्यारेन्टीको १ अर्ब ११ करोड रुपैयाँ नेपाल आएको बताएका हुन ।

उनले भने, ‘हामीले इटालीको राम्रो बैंकको काउन्टरमा ग्यारेन्टी राखेको हुनाले समस्या भएन, यो रकम फिर्ता नगरे भएत उनीहरुको ब्राण्डमा पनि समस्या आउथ्यो ।’

नेपाल इन्भेष्टमेन्ट बैंकले २६ लाख ८ हजार यूरो तथा ५५ लाख ५३ हजार अमेरिकी डलर र १६ करोड ४७ लाख १० हजार नेपाली रुपैयाँ काउण्टर ग्यारेन्टीका रुपमा रकम रहेको थियो ।

त्यस्तैगरि, स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ अर्ब ५० करोड रुपैयाँ आइसकेको बुझिएको छ  ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले काउण्टर ग्यारेन्टी दायित्व लिएको ७३ लाख ७३ हजार यूरो र ३ करोड ४१ लाख ९४ हजार नेपाली रुपैयाँ रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org