ताजा समाचार

पत्रकार र पत्रकारिता जगत हुन्नथ्यो भने म यहाँ हुने नै थिएनः प्रचण्ड (भिडियोसहित)

काठमाडाैं । पत्रकारहरुको गिरफ्तारी र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार महासंघको टोलीले नेकपा अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रेस स्वतन्त्रता र राज्यको उत्तरदायित्व सम्बन्धि पत्रकार महासंघको ध्यानाकर्षण पत्र बुझ्दै प्रचण्डले प्रेसको भुमिका अत्यन्तै सराहनीय भएको उल्लेख गरेका छन् ।

१० वर्षे जनयुद्धको क्रममा समेत प्रेसले अत्यन्तै सकारात्मक भुमिका खेलेको भन्दै प्रेस नभएको भए आफू यो स्थानमा आउनै नसक्ने दाबी गरेका छन् । जनयुद्धको क्रममा समेत पत्रकार महासंघको टोलीसँग सुमधुर सम्बन्ध रहेको दाबी गरेका छन् ।

अहिलेको सरकार समेत जेलनेल देखि स्वतन्त्रताको बारेमा वकालत गर्दै आएकाले प्रेस गुहार्ने आफूहरुले पत्रकार महासंघको माग जायज भएको भन्दै यसबारे पार्टी र प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

प्रचण्ड निवास खुमलटार पुगेर पत्रकार महासंघको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org