ताजा समाचार

ग्लोबल आईएमईको आश्चर्यजनक प्रगति ,एक वर्षमै कमायो १८७ करोड

काठमाडौं । कस्ट अफ फण्डसँगै आधार ब्याजदरमा आश्चर्य सुधार गर्दै ग्लोबल आईएमई बैंकले ९ महिनामा १८७ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।

माघदेखि चैत महिनामा ६४ करोड २७ लाख रुपैंया नाफा कमाउँदा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ग्लोबल आईएमईले कुल १ अर्ब ८७ करोड २१ लाख रुपैंया पुगेको हो ।

एक वर्षको अवधिमा बैंकले कस्ट अफ फण्डलाई ८.२२ प्रतिशतबाट घटाएर ६.९७ प्रतिशतमा झारेको छ । कस्ट अफ फण्डसँगै बैंकको बेसरेट ११.६८ प्रतिशतबाट २.०८ प्रतिशत भन्दा पनि कममा आएर ९.६० प्रतिशतमा आईपुगेको छ । बेसरेटमा आएको सुधारसँगै बैंकले आफ्नो स्प्रेडदरको आकार २.९८ प्रतिशतबाट ४.६३ प्रतिशत पुर्याउन सफल भएको छ, यो दर नेपाल राष्ट्र बैंकले तोकेको ७.७५ को सीमाभित्रको हो ।

बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । बैंकको रिजर्भको आकार भने अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष चैतमा ३ खर्ब २२ अर्ब भएको सो आकार यो चैत मसान्तमा २ खर्ब ३९ अर्बमा झरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org