ताजा समाचार

सरकारले नीति तथा कार्यक्रम भाङ खाएर आधा निद्रामा लेख्या जस्तो छः नेता महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेता राजेन्द्र महतोले सरकारले ल्याएकोनीति तथा कार्यक्रम आधा निद्रामा भाङ खाएर लेखेको हो भन्दै प्रतिप्रश्न गरेका छन् ।

संविधानलाई पूर्ण रुपमा स्विकार गर्न नसकेको भन्दै नेता महतोले भने, संविधान सर्व स्वीकार्य बनाउनका लागि संशोधन आवश्यक भएकोमा सरकारले नीति तथा कार्यक्रममा संविधानमा विमति नरहेको भन्ने शब्द राखिएको रहेछ । यो के हो ?

नेता महतोले संविधान संशोधन गरिनेछच भनेर उल्लेख नगरे अहिलेको संविधान बाईबाई हुने तर्क राखेका छन् । उनले भने ‘संविधानलाई बाइबल, कुरान, गीता र महाभारत बनाएमा संविधान बाइबाई हुन्छ । त्यसैले सरकारलाई अहंकार त्याग्न आग्रह गर्छु । हाम्रो पनि संविधान बनोस भन्ने हाम्रो कुरा हो ।’

प्रधानमन्त्री ओलीले आफ्नो दललाई दिएको वचन पुरा नगरेको भन्दै आक्रोसित मुद्रामा भने, नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको हो ? भाङ् खाएर लेखिएको हो ?’ महतोले नीति तथा कार्यक्रममा राष्टपतिले गरेको मेरो सरकार भन्ने सम्बोधनमा पनि असहमति जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org