ताजा समाचार

विप्लवका विद्यार्थी केन्द्रिय अध्यक्ष ढकालको गिरफ्तारी विरुद्ध ललितपुर बारको आपत्ति

काठमाडौ । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई गैरकानुनी ढंगले गिरफ्तार गरिएको भन्दै ललितपुर बारले आपत्ति जनाएको छ ।

आस्था र विचार राखेकै कारण ढकाललाई गिरफ्तार गरिनु स्वतन्त्रतामाथिको हनन भएको भन्दै ललितपुर बार एसोसिएसनले विरोध जनाएको हो ।

ढकाल ललितपुर बार एसोसिएसनका निर्वाचित सदस्री हुन भने प्रतिबन्धित नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष समेत हुन् ।

ढकाललाई प्रहरीले अनामनगरको युनियन हाउसबाट ११ विद्यार्थीले आयोजना गरेको पत्रकार सम्मेलनबाट पक्राउ गरेको हो ।

प्रतिपक्षी दलका नेपाली काङ्ग्रेससहित अन्य विभिन्न ११ दलका विद्यार्थी संगठनले सरकारको विरोध गर्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए । यद्यपि ढकाल यसअघि समेत पक्राउ परेका थिए भने उनी केही दिनमै रिहा भएका थिए । कानुन व्यवसायी समेत भएकाले उनलाई पक्राउ गर्न नमिल्ने भन्दै रिहा गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org