ताजा समाचार

पाँचथर हत्याकाण्डको अनुसन्धान सिआइबीले गर्ने, एसपी चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान

पाँचथर । जिल्लाको मिक्लाजुङ ३, आरुबोटेको सामूहिक हत्याको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबि)ले गर्ने भएको छ । 

विभत्स रुपमा दुई परिवारका ९ सदस्यको हत्या भएपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी उमाशंकर चतुर्वेदी नेतृत्वको टोलीले गर्ने भएको हो । 

सिआईबीको टोलीले हत्याको अनुसन्धानको जिम्मा पाएपछि चतुर्वरदीको टोली घटनास्थल तर्फ लागेको प्रहरी स्रोतले जनाएको छ । 

प्रारम्भीक अनुसन्धानको क्रममा हत्याराले बंश नास गर्ने गरि योजना बनाएको जनाइएको छ । तर, उक्त स्थानमा फोन नेटवर्कले राम्ररी काम नगर्ने भएकाले खवर आउन कठिन रहेको प्रहरीले जनाएको छ । 

मुकुण्डोधारी अज्ञात समूहले बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । उनीहरु नाताले ज्वाइँ–ससुरा हुन् ।

घटनामा १ किशोरी सीता खाजुमले भने भागेर ज्यान जोगाएकी छन् । तर, उनी गम्भीर घाइते रहेकी छन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org