ताजा समाचार

७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा  राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए । 

ति वृद्धाले एकै पटक जन्मदर्ता गराउनाका साथै नागरिकता पनि लिएको जानकारी दिँदै उनले नागरिकताको महत्वबारे थाहा नहुँदा बोहराजस्ता वृद्ध भत्ता पाउने उमेरसम्म पनि नागरिकता विहीन रहेको पाइएकाकाले नै त्यस्ता नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

दुईदिने सो शिविरमा २६७ ले नागरिकता बनाएकामा महिला १४४ र पुरुष १२३ रहेको उक्त कार्यालयले जनाएको छ । सो शिविरमा २५९ जनाले फोटोसहितको मतदाता नामावलीको फारम भरेका छन् । शिविरमा वडा नं ५, ६, ११ र १२ का बासिन्दा सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org