एक्चुअरिको शोषणमा बीमा कम्पनी,नियामक रमिते कि मिलोमतो ?
काठमाडाैँ । नेपालले बिदेशि लेखानितीको तुलनामा आफ्नो देशको लेखानिती पनि होस भन्ने उद्देश्यले Nepal Financial Reporting Standard (NFRS) लागु गर्न विगत केहि वर्ष अघि देखि नै प्रयास गर्दै आएकोमा बैंक तथा वित्तिय संस्थामा विगत वर्ष देखि लागु भएको छ ।
तर बीमा कम्पनीहरुमा आ.व. २०७४।७५ को वासलात NFRS अनुसार स्विकृतीका लागि पेश गर्न हचुवाको भरमा कुनै पुर्व सुचना अथवा तयारी बिना नै बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको कारण आज सम्पूर्ण बीमा कम्पनीहरु एक्चुअरि र बीमा समितिको माखे साँग्लोमा परेकाछन् । एक्चुअरिले बीमा कम्पनीहरुलाई हाकाहाकी अनावश्यक लाखौं रकम घुस माँग गर्ने गरेको र नदिएमा अत्यधिक प्रोभिजन राखिदिने र सो बीमा समिति समेतले काट्न नसक्ने भनि धम्कि दिएको केहि बीमा कम्पनीका कर्मचारीहरुले जानकारी गराएकाछन् । हाल अत्यधिक बीमा कम्पनीहरुको एक्चुअरिको कार्य मुम्बइ स्थित कार्यालय रहेको ग्लोबल रिस्क कन्सल्टेन्टका संचालक लियाकत खान ले पाएकाछन ।
लियाकत खान भन्ने व्यक्ति आफैंमा करिब ७५ वर्ष भन्दा माथिका बृद्ध छन् जसको बोलिको उच्चारण सम्म बुझ्न गाह्रो हुन्छ । बृद्ध अवस्थामा रहेको व्यक्ति जति सुकै अनुभवि भएतापनि उस्को स्मरणशक्ति क्षिण हुनु, चिडचिडा हुनु, एकोहोरो हुनु र लोभि हुनु स्वभाविक हो ।
झन यस पेशामा अब उ धेरै वर्ष नरहने भएकोले चाँडै पैसा कमाउने सोच वा लोभ हुनु स्वभाविक हो । लियाकत खानको उक्त चाहनालाई पूर्ण गर्न उस्को असिस्टेन्ट इशा खान माहिर खेलाडि हुन जस्ले भारतमा समेत विभिन्न कम्पनीहरु संग रकम लिन सक्षम भएको हामीलाई जानकारी प्राप्त भएको छ । नेपाली कम्पनीका व्यवस्थापनलाई अत्यधिक प्रोभिजन गरि तर्साउने अनि संचालकहरु संग रकमको बार्गेनिङ गर्न इशालाई अगाडि लगाउने र रकमको कुरा मिलेमा क्लिन रिपोर्ट दिने अन्यथा अत्यधिक प्रोभिजनका साथ रिपोर्ट पठाउने गरेको पाइयो ।
हाल सम्म ७।८ वटा कम्पनीहरुले एक्चुअरिको रिपोर्ट लिइ सकेको र त्यस मध्ये केहि कम्पनीहरु संग रकम नमिलेको, केहि संग जनहि २० देखि २५ लाख भारतिय रकम असुल गरेको र केहिलाई साधारण प्रोभिजन राखि रिपोर्ट दिएको खवर हामीले अत्यधिक भित्रि तहबाट प्राप्त गरेका छौं । अझै केहि देशकै प्रतिष्ठित कम्पनीहरुले एक्चुअरिको रिपोर्ट प्राप्त गर्न सकेका छैनन् किन भने ती कम्पनीहरुलाई डाटाको झन्झटमा राखेको र केहि संग बार्गेनिङ भइरहेको जानकारी प्राप्त भएको छ । इशा खानले हाल सालै बिहे गरेकि र बिहेमा अत्यधिक दहेज खर्च भएकोले सो उठाउन नेपालका बीमा कम्पनीहरु संग सहज भएकोछ ।
लियाकत खान भन्ने बृद्ध व्यक्तिमात्र संसारमा एक्चुअरिको काम गर्छन् त ? हैन भने उसैले मात्र दर्जनौ कम्पनीको एक्चुअरिको कार्य कसरि पाए ? यी सब प्रश्नहरुले गलत कार्य भएको प्रमाण आफैं पेश गरेको छ । नियामकले कस्तो एक्शन लिने हो हेर्न बाँकी नै छ ।
तर बीमा कम्पनीहरुलाई यस्तो अवस्था पर्दा नियामक किन चुप भएको हो ? के एक्चुअरिको गलत रिपोर्टलाई समेत स्विकार्नु पर्ने के बाध्यता ? संसारमा एक्चुअरिको रिपोर्ट मा चित्त नबुझैमा बाह्य लेखा परिक्षकले सप्रमाण एक्चुअरिको रिपोर्टलाई काटेर नियामकलाई पेश गर्दछ तर नेपालमा एक्चुअरिको रिपोर्ट नै अन्तिम हुने हो र ? हैन भने बीमकहरु किन मोलतोलमा अल्झेका ? अथवा एक्चुअरिले मेरो रिपोर्टमा बीमा समितीले पनि केहि नगर्ने भनि किन धम्कि दिइ रहेको छ ? के नियामक समेत यसमा हिस्सेदार छ र ?
Comments
अरु समाचार
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...