ताजा समाचार

‘लप्पन छप्पन २’ को मुहूर्त सम्पन्न

काठमाडौं । दुई वर्षअघि रिलिज भएर धेरै मात्रामा व्यापार गरेको फिल्म ‘लप्पन छप्पन ’ को दोस्रो संस्करणको मुहूर्त गरिएको छ ।

बुधवार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभ मुहूर्त गरियो । फिल्मको पण्डितले मन्त्र पढेर मुहूर्त गरेका थिए ।

मुकुन्द भट्टको निर्देशनमा निर्माण हुने यो फिल्म असार ११ गतेदेखि छाया‍ंकनमा जानेछ । मुहूर्त कार्यक्रममा अर्पण थापा, अनुपविक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा लगायतले पूजाआजा गरेका थिए ।

नेपाल, अस्ट्रेलिया र युरोपमा समेत छायांकन हुो यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, देवु श्रेष्ठ, सुरविना कार्की, सन्नी ढकाल लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यो फिल्म एक्सन जानरामा निर्माण हुनेछ । फिल्मले आउँदो फागुन ९ गतेलाई रिलिज मिति तय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org