ताजा समाचार

धादिङमा तरकारी बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

काठमाडौं । धादिङमा तरकारी बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कार्कीगाउँबाट वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो । भने, १० जना घाइते भएका छन् ।

प्रहरी निरिक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्रि गर्न जाँदै गरेका किसानको मृत्यु भएको हो । घाइतेको धादिङको गल्छि र अन्य अस्पतालमा उपचार भइरहेको घिमिरेले जनाएका छन् ।

कच्ची सडकमा साँगुरो सडकका कारण गाडी घुम्तिमा मोड नपुग्दा दुर्घटना भएको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org