ताजा समाचार

मेडिसिटीमा शल्यक्रिया नगरेरै स्तन ट्युमरको उपचार

काठमाडाैं । ३ साताअघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्युुमरको सफल उपचार गर्न सफल नेपाल मेडिसिटी अस्पतालमा स्तनमा रहेको फाइब्रोडेनोमा अर्थात ट्युमरको पनि सफल उपचार गरिएको छ ।

१६ वर्षिया किशोरीका दुवै स्तनमा रहेका ट्युमरलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाटै निष्क्रिय गरिएको हो ।

उपचारमा संलग्न चिकित्सक डा. ओम विजु पन्तका अनुसार ती किशोरीको बायाँ स्तनमा ३ तथा दायाँमा ४ स्थानमा ट्युमोर थिए । स्तनका लागि यस किसिमको अभ्यास नेपालमा अरु अस्पतालमा नरहेको उनले बताए ।

केही साता अघिमात्रै नेपाल मेडिसिटी अस्पतालमा नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रिया नै उपचार गरिएको थियो ।

माइक्रोवेभ एब्लेसन यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ । साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सररहित ट्युमोरलाई फाइब्रोडेनोमा भन्ने गरिन्छ । 
मांसपेशीमा मात्र लठ्ठाएर गरिएको यस माइक्रोवेभ एब्लेसनले शरीरमा दाग नपार्ने र एक ैपटकमा धेरैवटा घाउको उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्मा ढकालसंगै इन्टरभेन्सन रेडियोलोजिष्ट डा. ओमविजु पन्त र डा. विवेक गुरुङ्ग तथा एनेस्थेसियोलोजिष्ट डा. अपूर्व शर्माको संलग्नतामा स्तनको माइक्रोवेभ एब्लेसन सफल भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org