ताजा समाचार

उपराष्ट्रपतिको आधिकारीक वेबसाइट राखियो गृहमन्त्रीको हातमा चुरोट भएको फोटो !

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)का पुराना तस्बिरमा गृहमनन्त्री रामबहादुर थापा ‘बादल\को हातमा चुरोट देखिएको छ । 

उपराष्ट्रपतिको कार्यालयको आधिकारीक वेबसाइट भीपिएन डट जिओभी डट एनपीमा गृहमन्त्री बादलको हातमा चुरोट भएको तस्बिर सार्वजनिक भएको हो । 

तत्कालीन माओवादीले थालेको जनयुद्धको क्रममा बादलले हातमा चुरोट लिएर मन्द मुस्कान छाडीरहेका देखिन्छन् । तर, उपराष्ट्रपति पासाङ भने जनमुक्ति सेनाको ड्रेसमा पोलिटब्युरो सदस्य भएको परिचयपत्र देखाएर तस्बिर खिचाएका छन् । 

बादल भने स्थायी समिति सदस्य रहेका थिए । १० बर्षे जनयुद्धको क्रममा तत्कालीन माओवादीले जाँड रक्सी तथा अन्य विभिन्न यस्ता खाले क्रियाकलापमा भने बन्देज लगाएको थियो । 

यसबारे बुझ्न जनयुद्धमा हिडेका एक पूर्वमाओवादीका नेतालाई सम्पर्क गर्दा उनले भने, पार्टीमा अनुशासन पद्धति सवै कुरा अत्यन्तै सालिन र प्रणालीगत हुन्थ्ये । यसमा अब अहिले आएर के भन्नू के नभन्नू ।  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org