ताजा समाचार

प्रचण्ड पुत्र स्व. प्रकाश दाहालको ३८ औं जन्मजयन्ती मनाइदै, यस्तो छ कार्यक्रमको सेड्युल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्र स्वर्गिय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती मनाइने भएको छ ।

राजधानीको राष्ट्रिय सभागृहमा यहि मंगलबार असार १७ गते प्रचण्डको प्रमुख आतिथ्यता कार्यक्रम हुने भएको हो ।

‘प्रकाश दाहाल साहसिक सम्मान २०७६’ नामक कार्यक्रम गरिने भएको हो । कार्यक्रम दिनको ११ः३० मा हुने भएको हो । प्रकाश दाहालले सफल रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहन गरेका थिए ।

प्रकाश दाहाल प्रतिष्ठान संयोजक बीना मगरले जनन्मजयन्ती कार्यक्रममा उपस्थित हुन आग्रह गरेकी छन् । स्व. प्रकाश दाहाल पत्नी मगर अहिले खानेपानी मन्त्री समेत छिन् ।

दाहालको सडेन हार्ट अट्याकका कारण २०७५ मंसिर ३ गते निधन भएको थियो । उनी नेकपाका युवा नेता थिए भने, प्रचण्डका पुत्र मात्रै नभएर सहयोगी समेत थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org