ताजा समाचार

एसइईमा ‘ए प्लस’ नआएको भन्दै सदिक्षा र सलिनाले गरे आत्महत्या

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईमा आफूले सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले आत्महत्या गरेकी छन् ।

अर्घाखाँची जिल्ला सन्धिखर्ककी सदिक्षा पौडेल र झापा बुधबारेकी सलिना ढकालले आत्महत्या गरेकी हुन् ।

सदिक्षाले झुण्डिएर आत्महत्या गरेकी हुन् भने सलिनाले गरी आत्महत्या गरेकी हुन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– घर भएकी सदिक्षाले काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी थिइन ।

परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शङ्कर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने जानकारी दिएका छन् । उनले एसइईमा जिपिए ३.६ ल्याएकी थिइन् ।

झापा बुधबारेस्थित बाल्मिकी स्कुलबाट एसईई परीक्षामा सहभागी भएकी सलिना पनि आफूले सोचे जस्तो रिजल्ट नआएपछि विष सेवन गरी आत्म हत्या गरेकी परिवारले जनाएको छ ।

परिवारका अनुसार सलिना कक्षामा राम्रो विद्यार्थी थिइन् । कक्षामा कडा परिश्रम अनि राम्रो तयारीका साथ परीक्षा दिएकी सलिना ‘ए प्लस’का लागि ढुक्क थिइन् । परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको रिजल्टमा सलिनाले २.८१ जिपिए अर्थात् बि ग्रेड पाएकी थिइन ।

त्यसको भोलि पल्ट बोर्डले प्राविधिक कमजोरीले पुरै रिजल्टमा त्रुटि भएको सूचना प्रकाशित गरी रिजल्ट सच्याएका थिए ।

सच्याइएको सो रिजल्टमा मृतक ढकालले ३.७५ जीपिए अर्थात् उनले सोचे अनुरूप ए प्लस ग्रेड पाएको उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org