ताजा समाचार

प्रहरी र विप्लवका कार्यकर्ताबीच संखुवासभामा फायरिङ,घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन

काठमाडाैँ ।  संखुवासभामा प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच जम्काभेट भएको छ।

सोमबार बिहान संखुवासभाको हेदाङगना गढीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच जम्काभेट भएको हो।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुर ज्ञवालीले दुई समूहबीच जम्काभेट भएको बताए।

‘प्रहरी र नेकपाका कार्यकताबीच जम्काभेट भएको छ। अहिलेसम्म भिडन्त भने भएको छैन।

उनले दुबै तर्फबाट सांकेतिक फायरिङ भएको बताए। उनले घटनास्थलमा थप प्रहरी परिचालन गरिएको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org