ताजा समाचार

रुकुम(पूर्व)मा जिप दुर्घटना हुँदा ५ घाइते, ३ को अवस्था गम्भीर

रुकुम(पूर्व) । रुकुम (पूर्व) सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिम मुसीकोटतर्फ जाँदै गरेको लु१ज ४११५ नम्बरको जिप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा पाँचजना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर छ ।घाइते हुनेहरुमा पुथा उत्तरगंगा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महिनाकी सुहाना मगर र आठबिसकोट नगरपालिका–१० रुकुम (पश्चिम)का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।

त्यसैगरी, दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका–१० की २६ वर्षीया ललिता बुढा मगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढा मगर पनि घाइते भएका छन् ।

गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको  जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ ।

जिप चालक आठबिसकोट नगरपालिका–११ रुकुम (पश्चिम) का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org