ताजा समाचार

३६ वर्षको अल्पआयूमै धर्ति छाडेपनि प्रकाशले पूर्ण जीवन बाँचेको महशुस गरेको छुः प्रचण्ड

काठमाडाैं । परिवार, पार्टी र देशलाई नै स्तब्ध तुल्याएको प्रचण्डले जनाए । ३६ वर्षको अल्पआयुमै प्रकाशले मृत्यु बरण गरेपनि उनले दिएका योगदानहरु सामान्यतया पुरा गर्न सकिने खालका नभएको जनाए ।

स्थिर भएर पढ्न सक्ने वातावरण नबन्दा समेत युद्धमा हेर्ने बुझ्ने र सानो उमेरमै नितान्त नयाँ अनुभव गर्न पाएको भन्दै देश विदेशको अध्ययन गरेको स्मरण गरे ।

प्रकाशले आइटीदेखि अन्य स्थानमा आफ्नो दोश्रो प्रधानमन्त्रीको कार्यकालमादेखाएको तिता मिठा अनुभव हेर्दा प्रकाशले छोटै उमेरमा बोध गरेको जस्तो नलागेको भन्दै पुरा उमेर बाँचेको जस्तो लागेको दावी गरे ।

प्रकाशमा कमिटमेन्ट गरिसकेपछि काम गरेरै छाड्ने स्वभावका कारण सगरमाथाको सफल आरोहण गरेको र पूर्ण जीवन बाँचेको जस्तो आफूले महशुस गरेको जनाए । अत्यन्तै भावुक बनेका प्रचण्डले प्रकाशको जीवनलाई पूर्ण जीवन मान्न सकिने जनाए ।

प्रकाश दाहाल प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्डले यस्तो जनाएका हुन् ।

प्रकाश दाहाल प्रतिष्ठानका तर्फबाट प्रचण्डले उनीहरूलाई सम्मान गरेका हुन्। सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक आमहोम गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पा छन्। सम्मान पाएका कोरियन नागरिकलाई नेपालको सच्चा साथि भएको भन्दै प्रचण्डले धन्यवाद दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org