ताजा समाचार

दाजु बहिनी होटेलको कोठामा झुणडिएको अवस्थामा मृत फेला

दार्चुला । दार्चुलाको एक होटलमा एक युवक र युवती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

सोमबार राती लजमा बास बस्न गएका नातामा दाजु बहिनी पर्ने दुबैजना झुण्डिएको अवस्थामा फेला परेका हुन ।

मंगलबार बिहान जिल्लाको शैल्यशिखर नगरपालिका ५ बगौरा बस्ने महादेब डागा र मनिसा डागा रावलले कम्मर र घाँटिमा डोरी लगाइ पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दाजु बहिनीले दुवैले आत्महत्या गरेका हुन सक्ने प्रहरीको आशंका छ । अन्दाजी बर्ष २० कि मनिसा र २८ बर्षका महादेब बिवाहित हुन् । मनिसाको दुई महिना अगाडि मात्रै बिवाह भएको र महादेवको घरमा छोराछोरी रहेका छ्न् ।

दार्चुला प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org