ताजा समाचार

गोली हानाहानमा निधन भएका प्रहरी जवाान राईको अन्त्येष्टि धरानमा हुने

भोजपुर । प्रहरी र प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच भएको गोली हानाहानमा मृत्यु भएका प्रहरी जवान सञ्जिव राईको अन्त्येष्टि धरानमा हुने भएको छ ।

घुमुवा प्रहरीको रुपमा कार्यरत रहेको बेला विप्लवका कार्यकर्ताको छातीमा गोली लागेर निधन भएका राईलाई परिवारको आग्रहमा धरान लैजान लागिएको हो ।

पराईको शवलाई धरान लैजान हेलिकप्टर जाने भएको छ । भने उनको पोस्टमार्टम समेत ऊरान मै हुनेछ । भोजपुर प्रमुख जिल्ला अधशिकारी नूरहरी खतिवडाका अनुसार विप्लवका खोटाङ इन्चार्ज रीरबहादुर राईको भने भोजपुर मै परिवारको जिम्मा लगाउने जानकारी दिए ।

तर, विप्लवको पार्टीले भने प्रहरीको गोली लागेर दुबै जनाको निधन भएको जनाएको छ । प्रहरी जवान सादा पोसाकमा रहेकाले प्रहरीले नचिनेर गोली प्रहार गर्दा दुबैजनाको निधन भएको दाबी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org