ताजा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक आज

काठमाडाैं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ (एसएलसीऐ)को नतिजा आज सार्वजनिक हुने भएको छ  ।

बोर्डले आज सोमबार सबै बिषयको नतिजा सार्वजनिक गर्ने भएको हो । परिक्षा बोर्डका अनुसार माध्यामिक शिक्षा उतीर्ण परीक्षा कक्षा १२ को नतिजा आज साँझ ५ बजे भित्रै आइसक्ने जनाएको छ ।

परिक्षामा ४ लाख २८ हजार ५२ हजार विद्यार्थी सहभागी भएका थिए । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो। परिक्षणको क्रममा कुनै त्रुटी नभेटिएकाले बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारि गरेको जनाएको छ ।

विगतमा विज्ञान विषयको नतिजा सुरुमा प्रकाशन गर्ने गरिएको थियो। तर, यस वर्ष सबै विषयको नतिजा एकैपटक प्रकाशन गर्ने तयारी भएको बोर्ड श्रोतले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org