ताजा समाचार

ढिला चाडो विप्लव नेकपामा नआए सिद्दिन्छन: प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विप्लव समूह ढिलो वा छिटो आफ्नै पार्टीमा समाहित नभए उनीहरु सिद्धिने चेतावनी दिएका छन् ।

उनले विप्लव समूहले थालेको संघर्ष सफल नहुने दाबी गर्दै सिद्धिने वा समाहित हुने मध्ये एक विकल्प रोज्नुपर्ने पनि बताए । विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’

पेरु, फिलिपिन्स, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको अध्यक्ष प्रचण्डले बताए । माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी लिँदै उनले भने “यसको जिम्मेवारी मैले नै लिनुपर्छ, म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org