ताजा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो परिक्षाफल !

काठमाडाैं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नियमित, ग्रेडबृद्धि र आंशिकतर्फ सबै विषयको नतिजा आज सार्वजनिक गरेको छ ।

१२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो। यही साउन १३ गतेको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। यस वर्ष परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ जना, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरी कुल ४ लाख २८ हजार ६७ जना विद्यार्थी सहभागी भएका थिए।

सोमबार सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३२ जना, ग्रेडवृद्धितर्फ ९ जना र आंशिकतर्फ १२ जना गरी कुल ५४ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। त्यस्तै परीक्षामा आंशिकतर्फ २३ हजार ९ सय १५ जना उत्तीर्ण भएका छन्।

नियमिततर्फका कुल २ लाख ९२ हजार १ सय ५३ जनाको जीपीए यस्तो छ–

जीपीए कुल
३.६१–४.००     ३,०६७
३.२१–३.६०     १६,२०४
२.८१–३.२०      ३१,०६२
२.४१–२.८०      ५६,५०३
२.०१–२.४०      ८६,२२७

१.६१–२.००      ६२,६१९
१.२१–१.६०      १९,५८५
०.८१–१.२०      ३,५२४
०–०.८०           १३,३६२

नतिजा थाहा पाउन यस्तो गउर्न सकिन्छः

नेपाल टेलिकमको १६०० मा आफ्नो NEB टाइप गरेर एक स्पेस दिने त्यसपछि सिम्बोल नम्बर टाइप गरेर म्यासेज गरेर हेर्न सकिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org