ताजा समाचार

योगेश भट्टराई पर्यटनमन्त्री, ४ बजे सपथग्रहण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटि सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई पर्यटनमन्त्रीमा नियुक्त गरेको छ ।

मन्त्री भट्टराईका स्वकिय सचिव प्रेम गुरागाईका अनुसार अहिले ४ बजे मन्त्री भट्टराईको सपथ ग्रहण कार्यक्रम तय भएको छ ।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो । सो समयदेखि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सांसद भट्टराईलाई नियुक्त गरिएको हो । तर, अहिलेसम्म पर्यटनमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका थिए ।

यद्यपी तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधन भएपछि भट्टराईलाई पर्यटनमन्त्रीमा लैजाने कुरा चल्दै आएको थियो । तर, भट्टराईले आफू पर्यटनमन्त्री नहुने समेत जनाएका थिए । अहिलेसम्म मन्त्री अधिकारीको ठाउँमा उप निर्वाचन समेत भएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org