ताजा समाचार

दुई थान भरुवा बन्दुक बरामद, मान्छे भागे खोला तरेर

बर्दिया । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको छ । जङ्गलमा बन्दुक बोकी हिँडिरहेको सुराकीको आधारमा जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले देखिपछि पिछा गर्दा उनीहरू बन्दुक छाडी बाँके र बर्दियाको सिमानास्थित मानखोला तरी भागेका थिए ।

बेपत्ता व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

जङ्गली हात्तीको आक्रमणमा एक घाइते

स्थानीय गेरुवा गाउँपालिका–३ खुटेना बस्ने करिव ७० वर्षीय भरथरे थारूलाई जङ्गली हात्तीले आक्रमण गरी घाइते बनाएको छ । कर्णाली नदीको किनारमा बाख्रा चराउन गएको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा उहाँको शरिरको विभिन्न भागमा चोट लागेको थियो ।

पाताभारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गिरीलाई शान्तिबजारस्थित भेरी मालिका पोलिक्लिनिकमा उपचार गराउन ल्याइएकामा सम्भब नभएकाले नेपालगञ्ज नर्सिङहोममा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोला बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org