ताजा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमका आलोचकलाई मन्त्री विष्टको जवाफः ‘मुटुभित्र देश राख्नू’

काठमाडाैँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्‍तर्गत देशभर पौने दुई लाखले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमअन्तर्गत देशभर गरी १ लाख ७५ हजार ९ सय ९ जनाले रोजगारी पाएको तथ्यांक प्रस्तुत गर्‍यो। मन्त्रालयका अनुसार ७ सय ५३ स्थानीय सरकारमध्ये ५ सय ९९ ले विभिन्‍न ६ हजार ८ सय ६४ योजनाअन्तर्गत रोजगारी सिर्जना गरेका थिए।

१७ लाख बढीले बरोजगार भएको आवेदन दिएकोमा एक लाख ७५ लाखलाई औषत १३ दिनको हिसावले रोजगारी दिएको तथ्यांक प्रस्तुत गरियो। चालु आर्थिक वर्षमा पाँचलाई रोजगारी दिने गरी तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रतिवद्धता रहेको छ।

‘मुटु भित्र देश राखेर तपाईंहरूले समाचार लेख्नु भएको छ, आगामी दिनमा पनि लेख्नुहुनेछ’ मन्त्री विष्टले भने। न मुटभित्र देश रहने हो र न राख्न सकिने हो यो एउटा विम्व मात्रै हो। यसमा पनि यो प्रतिवविम्व थियो।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना भएको विषयलाई कोट्याएका थिए। ‘त्यसभन्दा पहिले उनले भने ‘परिवतर्न चाहने र नचाहने शक्तिबीच समाजमा अन्तरद्वन्द्व भइरहन्छ, अहिने पनि भएको छ।’

विष्टले झार गोडेको तस्बिर सार्वजनिक गरेर आलोचना गरिएको विषयलाई मन्त्रालयको तर्फबाट माफी नै मागे। ‘हामीले समयमै तस्बिर उपल्ध गराउन नपाउँदा तपाईंहरूले एउटा तस्बिर दोहोर्‍याइ दोहोर्‍याइ प्रयोग गर्नु पर्नेभयो, त्यसका लागि म क्षमाप्राथी छु।’ जबकि तस्बिर उपलब्ध गराउने मन्त्रालयले होइन, आफूलाई चाहिने तस्बिर पत्रकार स्वयमले लिने हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org