ताजा समाचार

विप्लवको विध्वंसः सिआइबी कुवँरले सुराकी गरेको भन्दै इन्काउन्टर गर्ने चेतावनी

कैलाली । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको जनअदालतले प्रहरीका असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ ।

आफ्ना पार्टीका नेता कार्यकर्तालाई सुराकी गरेको भन्दै प्रहरीको सिआईबिमा कार्यरत कैलाली बर्दगोरीया-०१, का भैरव कुँवरलाई जनअदालतमा २५ दिनमा हाजिर भएर नआए पार्टीको निति अनुरुप इन्काउन्टर गर्ने चेतावनी दिएको हो ।

विप्लवको कैलाली जनअदालतको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुँवरकै सुराकीको आधारमा विभिन्न नेता, कार्यकर्ताहरुलाई अपहरण शैलीमा गिरफ्तार गरिएको छ। हाम्रो लडाइँ सेना प्रहरीसँग होइन। सुराकी नगर्न आग्रह गर्दछौं। सुराकी कार्य जारी राखे कुनै पनि बेला जनताको सुरक्षा र नेता कार्यकर्ताको सुरक्षाका लागि इन्काउन्टर गर्न बाध्य हुनेछौं।’

देश र जनताको हित विरुद्ध फाैजदारी कार्यविधि संहिताको दफा ४८ को उपदफा ६ सँग सम्बन्धित रहेको दाबी गर्दै विज्ञप्तिमा कुँवरलाई बाटोको म्याद बाहेक २५ दिन भित्र जनअदालतमा आफै वा पक्राउ पुर्जी बमोजिम पक्राउ परेरमा ब्यवहार बुझेर कारबाही गर्ने चेतावनी दिइएको छ ।

पछिल्लो समय एनसेलका विभिन्न स्थानका टावरमा आगजनी गर्नुका साथै विप्लव नेतृत्वको नेकपाले विभिन्न किसिमका ध्वसांत्मक कार्य गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org