ताजा समाचार

सुनको मूल्यमा नयाँ इतिहास कायम, ७० हजार पुग्नै थाल्यो !

काठमाडाैं । सुनको मूल्य बृद्धिले नयाँ रेकर्ड कायम गरेको छ ।

आज नेपाली बजारमा  सुनको मूल्य प्रति तोला ७० हजार पुग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला ६९ हजार ५ सय रुपैयाँ तोकेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

सुनको मूल्यमा भारी बृद्धि हुँदै गएपछि सुनको कारोबारमा समेत सुस्तता आएको छ । तीज नजिकिएसँगै सुनको कारोबार हुने आशामा रहेका व्यवसायी निराश बन्न पुगेका छन् ।

यसअघि अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर ०. २५ प्रतिशतले घटाएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको छ। जसले मूल्यलाई केही दिनयता असर पारिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org