ताजा समाचार

भक्तपुरमा एक बसले तीन बसलाई ठक्कर दिँदा १६ घाइते !

भकक्तपुर । भक्तपुरमा एउटा बसले तीनवटा बसलाई ठक्कर दिएपछि १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बस अनियन्त्रित भएपछिन बा ३ ख ७०९३, ना ६ ख ७१८५ र बा ५ ख ४०२९ नम्बरका तीनवटा बसलाइ ठक्कर दिएको हो ।

बस दुर्घटनामा घाइते १३ जनालाई नागरिक अस्पतालमा उपचार भइरहेको छ भने, अन्य तीनजनाको मध्यपुर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका चार वटै बसलाई प्रहरीले नियन्त्रणमा लिएर थप हनुसन्धान थालेको जनाएको छ ।

ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गाउँपालिका ६ घर भई काठमाडौं ताहचल बस्दै आएका दीपकराज ठकुरीलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरििले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org