ताजा समाचार

एउटी श्रीमति जसले सामान्य विवादमा श्रीमानको हत्या गरिन !

काठमाडौं । तरकारी काट्ने चक्कु प्रहार गरेर श्रीमतिले आफ्नो श्रीमानको हत्यागरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वरबाट २५ वर्षीय शिला घलेलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सामान्य घरायसी विवादका कारण गोकर्णेश्वर नगरपालिका-०६ बस्दै आएका जालमान स्याङतानलाई शिलाले तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई उपचारको क्रममा अत्तरखेलस्थि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।

मकवानपुर गढी गाउँपालिका–८ स्थायी घर भएकी घलेलाई प्रहरीले नियन्त्रन गरेर अनुसन्धान सुरु गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org