ताजा समाचार

सिंहदरबारमा मृत भेटिएका बच्चुको सुसाइड नोटः कसैको कारण मैले आत्महत्या गरेको होइन !

काठमाडाैं । सिंहदरबारमा मृत भेटिएका राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीले सुसाइड नोट लेखेको भेटिएको हो ।

सुसाइड नोटमा आत्महत्याको बाटो आफैले रोजेको भन्दै उनले ‘श्रीमतीको नाम लिएर थोरै अंश पाइयो भनेर चिन्ता नगर्नु’ भनेका छन् ।

आफुले अत्महत्या कसैका कारण नगरेको र कसैले यसलाई अर्को अर्थ नलगाउन भनेर उनले लेखेको प्रहरी स्रोतले जनाएको छ । उनी मृत भेटिएको स्थान मै विष र केरा समेत भेटिएको छ ।

घटनास्थलमा सलफस नामको विषादी र केरा भेटिएको प्रहरीले जनाएको छ । उनी हिजो राती नै त्यहि रहेर विष सेवन गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

केसी किर्तिपुर टाैदहका स्थायी बासिन्दा हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org