ताजा समाचार

रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतको आदेश

काठमाडाैं । जिल्ला अदालत चितवनले रवि लामिछानेसहित तीन जनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनले रवि लामिछाने, युवराज कडेल र रुकु कार्की (अस्मिता)लाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रहरीले लामिछानेसहित तीन जनालाई आज मंगलबार पाँच दिन थुनामा राख्न माग गर्दै अदालत पेश गरेको थियो । जिल्ला अदालत चितवनले उनीहरुलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

२०७६ साउन ३० मा काठमाडौंबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर पहिलो पटक साउन ३१ गते अदालत उपस्थित गराएको थियो । भने उनीहरुलाई अदालतले पाँच दिन थुनामा राख्न आदेश दिएको थियो ।

मंगलबार राजधानीबाट गएका कानुन व्यवसायी सुनिल पोखरेलसहितले लामिछानेलाई धरौटीमा छोडी कानुनी प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका थिए। तर, प्रहरीले जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीको तर्क सुनिसकेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आत्महत्या दुरुत्साहनमा पक्राउ परेका लामिछानेसहित ३ जनालाई नै थप ५ दिन थुन्न अनुमति दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org