ताजा समाचार

लेकसाइडमा मध्यराति ‘टिनएज’बीच चल्छ तानातान

रात्रिकालिन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइडमा कोलाहल मञ्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सवेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रहरीलाई निर्देशन दिएका छन्।

लेकसाइडमा मध्यराति डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।

राति १२ बजेसम्म खुल्ने डान्स र डिस्कोबाट बाहिरिएका ‘टिनएज’ले ठूलो आवाजमका साथ मोटरसाइकल चलाउने गरेका छन्।

लेकसाइडमा आधा दर्जन हाराहारीमा डान्स र डिस्को छन्। ती डान्स र डिस्कोका अधिकांश ग्राहक १८ वर्ष हाराहारीका किशोर किशोरी हुन्छन्।

मध्यरातपछि डान्स र डिस्कोबाट मात्तिएर निस्किएका ती किशोरकिशोरीबीच मूल सडकमै तानातान र कुटाकुट चल्छ।

एकअर्काप्रति अश्लिल शब्द प्रयोग गर्छन्। यसले स्थानीय आजित भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org