ताजा समाचार

रवि लामिछानेसहित तीनै जनालाई आजै अदालत पेश गर्ने सरकारी वकिलको तयारी

काठमाडाैं । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्क्रम प्रस्तोता रवि लामिछानेसहित तीनैजनालाई सरकारी वकिल कार्यालयले अदालत पेश गर्ने तयारी थालेको छ ।

प्रहरीले आत्महत्या दुरुत्साहन सम्बन्धि तयार पारेको अभियोजन पत्र चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि आजै अदालत पेश गरिने तयारी भएको हो ।

प्रहरीले ल्याएको लामिछानेसहित ३ जनाको अनुसन्धान प्रतिवेदनमाथि अहिले आफूहरूले अध्ययन गरिरहेको प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले बताए।

‘हामीकहाँ मुद्दा पेश भएको छ प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि आजै अदालतमा मुद्दा दर्ता गर्ने तयारी हामीले गरेका छौं,’ उनले भने।

यद्यपी सरकारी वलिक कार्यालयले प्रहरीको प्रतिवेदनमा प्रमाण नभेटिएको खण्डमा मुद्दा दर्ता नगर्ने निर्णंय समेत गर्न सक्छ। भने मुद्धा दर्ता भएपछि आजै थुनछेक बहस सुरु हुनेछ । अदालतले उनीहरुलाई बयान पश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ । अदालतले बहसपछि आवश्यक निर्णय गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org