ताजा समाचार

रविसहित तीनजनाका विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता

चितवन । रविलामिछाने सहित तीन जनालाई आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्धा दर्ता भएको छ ।

जिल्ला अदालत चितवनले आज समय सकिएको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरी कै जिम्मा लगाएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार पाँच वर्ष जेल सजाय र ५० हजार जरिवानाकलो माग गर्दै‍ सरकारी वकिल कार्यालय चितवनले मुद्धा दायर गरेको हो ।

चितवन प्रहरीले रवि, पत्रकार युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई थुनामै फिर्ता ल्याएको छ।

अदालतका अनुसार आईतबार अस्मिताको बयान सकिएको छ। सोमबार बिहान १० बजे न्यायाधीश हेमन्त रावलकै इजलासमा रवि र युवराजको बयान पछि थुनछेक बहस हुनेछ।

‘आज एकजनाको बयान सकियो,’ अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले नेपालखबरसँग भने, ‘भोलि बिहान अन्य दुई प्रतिवादीको बयानपछि थुनछेक हुनेछ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org