ताजा समाचार

सिटिजन्स बैंकमा ठगी आरोप लागेका स्वाँरको हृदयघातका कारण निधन

नेपालगञ्ज । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण मृत्यु भएको छ ।

सिटिजन्स बैंकमा सुन धितो राखेर बैंकलाई करोडाैं ठगी गरेको आरोप लागेका स्वाँरको आइतबार राती हृदयघातका कारण भेरी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

बैंकमा दिनभर व्यवस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे घर आएका थिए । एक्कासी बिरामी भएपछि अस्पताल पुर्याइएका स्वाँरको हृदयघातका कारण उपचारको क्रममा नै मृत्यु भएको बाँकेका प्रहरी उपरिक्षक वीरबहादुर वलीले जनाए ।

स्वाँरले बैंकिङ कसुर अन्तर्गत मुद्धा खेपीरहेका थिए । गत साउनमा २५ लाख धराैटीमा रिहा भएका स्वाँरको एक महिनापछि हिजो राती हृउयघातका कारण मृत्यु भएको हो । उनको आजै अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org