ताजा समाचार

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरु

काठमाडाैं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुतसाहन प्रकरणमा रवि लामिछानेसहित तीनै जनाको बयान सकिएको छ ।

जिल्ला अदालत चितवनमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, युवराज कडेँल र नर्स रुकु कार्की (अस्मिता)को बयान सकिएको हो ।

आज बिहान साढे १० बजे अदालत उपस्थित गराएर कडेँल र लामिछानेको बयान लिइएको थियो । पाैने १ बजे बयान लिने काम सकिएको छ । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले भने ।

बयान सकिए लगत्तै थुनछेक बहस सुरु भएको गिरीले जनाए । उनका अनुसार जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको छ ।

बादी प्रतिवादीको बहस सकिएपछि अदालतले तीनैजनाको बारेमा निर्णय सुनाउनेछ । अदालतले थुनछेक बहसमा साधारण तारेख, धराैटी र पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्नेछ । तर, बहस नसकिएको खण्डमा आज प्रहरी हिरासतमै पठाएर मंगलबार पुनः उपस्थित गराइनेछ ।

लामिछानेसहित तीनै जनाका विरुद्ध सरकारी वकिलको कार्यालयले पाँच वर्ड कैद सजाय र ५० हजार जरिवाना माग गर्दै अभियोग पत्र दायर गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org