ताजा समाचार

रवि लामिछानेसहित तीनै जनाको थुनछेक बहस सकियो, आदेश आउन केहि समय लाग्ने

काठमाडाैं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीनै जनाको बिरुद्ध थुनछेक बहस सकिएको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको हो ।

जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजालासमा बहस सकिएको अदालतका रजिष्टार रुद्रमणि गिरीले जनाएका छन् । उनका अनुसार आदेश आउन केहि समय लाग्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org