ताजा समाचार

रवि लामिछानेको सम्पत्ति खोज्दै प्रहरी

काठमाडाैं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाको सम्पत्ति खोज्न प्रहरीले नेपाल राष्ट्र बैंकलाई परिपत्र गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले तीनैजनाको सम्पत्ति खोजी गरिरहेको अभियोग पत्रमा जनाइएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’

पत्रकार पुडासैनीले आत्महत्या गर्नुभन्दा पहिले बनाएको भिडियोमा रवि लामिछानेले अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनलाई त्यो पैसाले पोल्ने र पाप लाग्ने बताएका थिए । पुडासैनीले बनाएको भिडियो कै आधारमा लामिछानेसहित तीनै जनाको सम्पत्ति खोजी भइरहेको सरकारी वकिलको कार्यालयले अभियोग पत्रमा जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org