ताजा समाचार

रवि लामिछाने पाँच लाख धराैटीमा रिहा

काठमाडाैं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धराैटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनले लामिछानेसहित युवराज कडेँल र रुकु कार्की (अस्मिता)लाई न्यायाधीश हेमन्त रावलको इजलासले धराैटीमा रिहा गर्न आदेश दिएको हो ।

लामिछानेसहित युवराज कडेँल र रुकु कार्की (अस्मिता) धराैटीमा रिहा भएका हुन् । रिहाइको आदेश भएपनि उनीहरुले धराैटीमा बसेर मुद्धाको पुर्पक्ष गर्नेछन् ।

उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो ।

कडेँललाई ३ लाख र कार्कीलाई भने कुनै धराैटी रकम नै तोकिएको छैन् । रवि लगायत तीनैजना विगत ११ दिनदेखि प्रहरी हिरासत थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org