ताजा समाचार

रवि लामिछाने अदालतको आदेशबिना विदेश जान नपाउने

पत्रकार पुडासैनीबारे कार्यक्रम चलाउन रविलाई बन्देज

काठमाडाैं । टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनीबारे कार्यक्रम चलाउन नपाउने भएका छन् ।

न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीबारे कार्यक्रम सञ्चालनमा रोक लगाएको हो । यस्तै, लामिछाने विदेश जाँदा समेत अदालतको आदेश विना नपाउने भएका हुन् ।

चितवन जिल्ला अदालतबाट पाँच लाख धराैटीमा रिहा भएका लामिछानेको थुनछेक बहसपछि यस्तो आदेश आएको हो ।

अदालतले पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा युवराज कडेँललाई तीन लाख धराैटी र रुकु कार्की (अस्मिता)लाई साधारण तारेखमा रिहा गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org