ताजा समाचार

रवि लामिछानेकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडाैं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सीन नेपालमा उजुरी  दर्ता भएको छ ।

लामिछानेले पत्रकार आचारसंहिताको पालना नगरेर आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको र आफूलाई निर्मला प्रकरणमा दोषी सावित गराउने प्रयत्न गरेको भन्दै पत्रकार खेम भण्डारीले उजुरी गरेका हुन् ।

लामिछाने र कार्यक्रम निर्माता दिपक बोहराले आफूलाई पूर्वसहमतिका आधारमा बोलाएर आतेजाते प्लेन भाडा समेत फिर्ता माग्दै दुई सय रुपैया बढी लगेर आफूलाई अपमान गरेको भन्दै भण्डारीले हदैसम्मको कारबाही माग गर्दै उजजुरी पेश गरेका हुन् ।

लामिछानेले सहमति विपरित निल्म्बित डीएसपी अंगुर जिसीलाई समेत कार्यक्रमको बीचमा भित्र्याएर सहमतिको उल्लङघन गर्दै अदालतमा मुद्धा चलिरहेको अवस्थामा जिसीलाई सहि सावित गर्न गर्न खोजेको आरोप समेत लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org