ताजा समाचार

रविन्द्र अधिकारीलाई सम्झदै योगेशले भने, पोखरा विमानस्थल निर्माण ६ महिना अगाडी सके रथ यात्रा गराउछाैं

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पहिलो पटक पोखरा पुगेर पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई स्मरण गर्दै राष्ट्रिय गाैरवका आयोजना समयभन्दा अगाडी नै सम्पन्न गरे रथ यात्रा गराउने दाबी गरेका छन् ।

निर्माण कम्पनीले निर्धारित समयभन्दा ६ महिना अगाडी काम सके हामी निर्माण कम्पनीसहितका पदाधिकारीलाई रथ यात्रा गराउछाैं । मन्त्री भट्टराईले भने ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ४५ प्रतिशत सकिएको जानकारी आयोजना प्रमुख विनेश मुनकर्मीले गराएपछि मन्त्री भट्टराईले निर्माण सकेर उदाहरण बन्न निर्देशन दिएका छन् ।

निर्माण सम्पन्न हुन ६ महिनाजति समय लाग्ने जानकारी मन्त्रीलाई आयोजना प्रमुखले गराए । नेपालमा निर्माणका कामहरु समयमै सकिन्न भन्ने विदेशीमा परेको छाप मेटाउन सम्पूर्ण पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने मन्त्री भट्टराईको भनाई थियो ।

यस्तै, विमानस्थल संचालनका लागि जनशक्ति व्यवस्थापनको काम समेत सुरु भएको मन्त्री भट्टराईलेर जनाए ।

स्थानियबासिको गुनासो सुनेका उनले ठूला आयोजना निर्माण हुँदा कमजोरी भएको रहेछ भने त्यसलाई सम्बोधन गर्ने र जनतालाई नांगेझार गरेर कुनै काम अगाडी नबढाइने आआ्सवासन समेत दिए ।

२१ अर्ब लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएमसीले ०७१ वैशाख २९ मा पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने सम्झौतामा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org