ताजा समाचार

रवि लामिमछानेको मुद्धामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदातलको आदेश

काठमाडाैं । उच्च अदालत पाटनको हेटाैडा इजलासले पत्रकार शालिकरा पुडासैनी प्रकरंबारे कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चितवन जिल्ला अदालतको आदेश बदर गरि साधारण तारेखको माग गर्दै उच्च अदालत पाटनको हेटाैडा इजलासमा निवेदन दाुयर गरेका थिए ।

लामिछाने र सहकर्मी युवराज कडेँलले दिएको निवेदनमा आज उच्च अदालत पाटनको हेटाैडा इलजासका न्यायाधीश टेकराज पाण्डेको इजलासले कैफियत माग गर्ने निरणय गरेको हो ।

लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका थिए। उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको उच्च अदालतको हेटौंडा इजलासका सहरजिष्ट्रार केशर अर्यालले जानकारी दिए।

लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ।

पुडासैनीलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमश: पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो। भने उनीहरु धराैटी रकम बुझाएर रिहा भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org