ताजा समाचार

देशैंभरि डेंगीको प्रकोप, कृषि मन्त्री र २ चिकित्सकसहित १३ स्वास्थ्यकर्मी नै संक्रमित

काठमाडाैं । डेंगी प्रकोपबारेको समाचारलाई कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ । देशैभरि फैलिएको डेंगुबाट कृषिमन्त्री र दुई चिकित्सकसहित १३ स्वास्थ्यकर्मी संक्रमित भएको समाचारमा लेखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित ११ जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका २ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो । डेंगुको संक्रमण भएपछि कृषिमन्त्री खनाललाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ ।

खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना हुनुभएको छ । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुग्नुभएको थियो । अस्पतालले उहाँलाई शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रपाणी पाण्डेकाअनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ । मन्त्री खनालको अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसियूमा सारिएको पण्डेले जानकारी दिनुभयो । यो समाचार नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org