ताजा समाचार

डेंगी संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?

काठमाडौं । डेंगीको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् ।

डेंगीको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगीको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगी हुँदैमा आत्तिन नपर्ने बताए । डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।

उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा. पुनका अनुसार डेंगी संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए ।

यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं

–ज्वरो आउने
–आँखाको गेडी दुख्ने
–शरीरमा डाबर आउने
–बेस्सरी टाउको दुख्ने
–अरुचि हुने
–पेट तथा आन्द्रामा गडबडी हुने
–जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने

बच्ने उपाय
–लामखुट्टेको टोकाइबाट जोगिनु
–झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने
– पूरा शरीर ढाकिने गरी कपडा लगाउने
–राति र दिउँसो पनि झुलभित्र सुत्ने

कसरी सर्छ ?

डेंगी ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगीको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगी ज्वरोको प्रकोप बढ्न थाल्छ । यो समाचार आजको राजधानी दैनिक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org