ताजा समाचार

वीरगञ्जमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

Birganja ma goliवीरगञ्ज, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको विरोध प्रदर्शनका क्रममा स्थानीय प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञा तोड्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेमा पर्सा जिल्लाको पकहानैनपुरका शत्रुघन पटेल रहेका छन् । सुरक्षाकर्मीसँगको झडपमा करिव १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीको आक्रमणमा परेर एक जना प्रहरी निरीक्षकपनि घाइते भएका छन् ।

स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यु र निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने क्रममा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org