विद्यालयमा डेङ्गु रोकथाम अभियान
धनगढी । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ ।
यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने योजना बनाएका छन् ।
अभियानलाई रोटरी क्लब अफ धनगढीले सहजीकरण गरिरहेको क्लबका अध्यक्ष हरिशङ्कर ठाकुरले बताए। वरिष्ठ चिकित्सक डा गणेशबहादुर सिंहले डेङ्गु रोकथामको उपाय र अभियानबारे जानकारी गराएका छन् । विभिन्न स्वास्थ्य संस्थाले आवश्यक देखिएका ठाउँमा डेङ्गुको सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा मार्न ‘सर्च एण्ड डिस्ट्रवाई’ अभियान चलाएका छन् ।
स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सुदूरपश्चि प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८८ स्थानीय तहमा डेङ्गु रोकथामका लागि सहजीकरण गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा आजसम्म २८ जना डेङ्गुका कारण सङ्क्रमित भएकामा डोटीमा एक जनाको मृत्यु भएको छ । सबैभन्दा बढी कैलालीमा १५ जना संक्रमित छन् ।
‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा डेङ्गु सर्छ । घर वरिपरिका डब्बा, थोत्रा वा पुराना टायर, खाली राखिएका ड्रम, फुलदानी, गमला र अन्य भाँडामा भरिएको पानीमा यो जातको लामखुट्टेले फुल पार्छ । बर्खायाममा जताततै पानी जम्ने हुँदा लामखुट्टेका कारण डेङ्गु फैलिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
मानिसमा एक्कासि ज्वरो आउनु, हड्डी र मांसपेशी दुख्नु र बिमिरा देखिनु, रक्तस्राव हुनु, वाकवाकी लाग्नु, टाउको दुःख्नु यसका मुख्य लक्षण हुन् । यो रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । लामखुट्टेको वृद्धि रोक्नका लागि घर वरिपरि सरसफाइका साथै पानी भरिएका भाँडावर्तन नराख्न स्वास्थ्यकर्मीको सुझाव छ ।
Comments
अरु समाचार
-
हेटौँडा कला महोत्सव जेठमा
काठमाडौं । कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको...
-
सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह
काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा...
-
चितवनमा बाघ र गैँडा मृत फेला
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।यही वैशाख १४...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
प्रधानमन्त्री प्रचण्डले उपेन्द्रलाई भने: मिलेर जानुस्, फुट्नु राम्रो होइन
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्तारूढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल भएको छ। मंगलबार...
-
प्रधानमन्त्रीसँग छलफल गर्न उपेन्द्र यादव बालुवाटारमा
काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...