ताजा समाचार

दिवङ्गत दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ ।

नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइने भएको छ ।

सुप्रबल जनसेवाश्री (प्रथम) श्रेणीबाट प्रा डा दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ ।

राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिम राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org