ताजा समाचार

काठमाडाैंको न्युरोडमा राँगोलाई गोली प्रहार !

काठमाडौं । रन्थनिदै न्युरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ ।

स्वयम्भुबाट रन्थनिदै आएको राँगोलाई महानगरीय प्रहरी वैत्त जनसेवाको टोलीले गोली हानेर मारेको हो ।

राँगोले वितण्डा मच्चाएपछि गोली हान्नु परेको प्रहरीले जनाएको छ । राँगोलाई केहि मानिसहरुले आक्रमण गरेर घाइते बनाएको समेत प्रहरीले जनाएको छ ।

केही मानिसहरुलाई राँगोले आक्रमण गरेर घाइतेसमेत बनाएकाले गोली हानेर मार्नु परेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकामा राँगोले बितन्डा मच्चाउँदा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी हबल्दारसहित ६ जना घाइते भएका थिए ।

मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले काठमाडौंमा बेला-बेलामा दुःख दिने गरेको स्थानीयबासीको गुनासो छ । अधिकांश वधशालाबाट फुत्किएर आएकाले यसरी दुःख दिने गरेको पाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org