ताजा समाचार

जापानको चार दिने भ्रमण सकेर उर्जा मन्त्री पुन स्वदेश फिर्ता

काठमाडाैँ । जापानको चार दिने भ्रमण सकेर माननीय उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन आज स्वदेश फर्किएका छन् ।

मन्त्री पुनलाई उर्जासचिव दिनेश घिमिरे र सिंचाई सचिव रविन्द्र श्रेष्ठले स्वागत गरे । मन्त्री पुनको जापान भ्रमणका क्रममा जाजरकोटमा निर्माणाधिन ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढाउने विषयमा सहमति भएको छ ।

मन्त्री पुनले जापान भ्रमणको क्रममा जापानी विकास नियोग (जाइका)का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावा, जापानका संसदीय तथा परराष्ट्रउपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसंग भेटवार्ता गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org